Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

दुवैमा समस्यामा परेका नेपालीलाई ‘अर्जेन्ट रेस्क्यु’ पोर्टलमा विवरण अद्यावधिक गर्न अनुरोध


फाल्गुन १९,

नेपाल फर्कने क्रममा आन्तरिक तथा बाह्य समस्या भोगिरहेका नेपाली नागरिकहरूले ‘अर्जेन्ट रेस्क्यु’ पोर्टलमार्फत आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न सक्ने जनाइएको छ। पोर्टलको ठेगाना: https://legal.nepalconsular.gov.np/urgent-rescue रहेको छ।

पहिलो चरणमा, विभिन्न मुलुकबाट नेपाल फर्कने क्रममा युएईका विमानस्थलमा अलपत्र परेका, भिसा अवधि समाप्त भएका वा कम्पनीमार्फत भिसा रद्द गराई स्वदेश फर्किने टिकट काटिसकेपछि असहज परिस्थितिमा परेका नेपाली नागरिकहरूलाई उक्त पोर्टलमा आफ्नो विवरण अद्यावधिक गर्न आयोगले अनुरोध गरेको छ।

यसैबीच, फेब्रुअरी २८ पछिको अवधिमा ओभरस्टे भएका नेपाली नागरिकहरूलाई जरिवाना नलाग्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै सम्बन्धित सबैलाई संयमता अपनाउन पनि आग्रह गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom