Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

इरानका एक हजार बढी स्थानमा हवाई हमला, दुई हजार बम प्रहार


इरानमाथि इजरायल र अमेरिकाको संयुक्त आक्रमण सोमबार तेस्रो दिनमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल–जजीराका अनुसार यस अवधिमा इरानभर एक हजारभन्दा बढी स्थानमा बमबारी भएको जनाइएको छ। इजरायली सेनाले युद्ध सुरु भएको पहिलो ३० घण्टाभित्र दुई हजारभन्दा बढी बम प्रहार गरिएको दाबी गरेको छ।

यस अवधिमा लडाकु विमानहरूले सात सयभन्दा बढी उडान भरेका छन्। त्यसको जवाफस्वरूप इरानले इजरायलसहित नौ देशमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गर्दै आक्रमण गरेको बताइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी दिनहरूमा तेहरानमाथिको कारबाही अझ तीव्र बनाइने चेतावनी दिएका छन्।

यसैबीच, आइतबार इरानको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको र पाँच जना घाइते भएको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकको मृत्युको बदला नलिएसम्म इरानविरुद्धको कारबाही नरोकिने स्पष्ट पारेका छन्।

शनिबारबाट सुरु भएको द्वन्द्वको पहिलो दिन इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएको खबर सार्वजनिक भएको छ। आक्रमणका क्रममा इरानका ४८ जना उच्च अधिकारी मारिएको बताइएको छ। देशको तत्कालीन शासन सञ्चालनका लागि तीन सदस्यीय अस्थायी समिति गठन गरिएको छ, जसमा राष्ट्रपति मसूद पजश्कियान, न्यायपालिका प्रमुख मोहसेनी एजेही र धर्मगुरु अलीरजा अराफी रहेका छन्।

इजरायल र अमेरिकाले तेहरानसहित इरानका कम्तीमा १० प्रमुख सहरलाई निशाना बनाएका छन्। हालसम्म दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र ७४० भन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ। साथै, एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको ज्यान गएको र ४५ जना घाइते भएको जानकारी प्राप्त भएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom