Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

धरौटीमा छुटाइदिने भन्दै ९ लाख ठगी, दुई जना पक्राउ


चैत १७ गते ।

प्रहरी हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गका ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।

प्रहरीका अनुसार भाद्र २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न भई हाल कारागार कार्यालय काठमाडौं सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन्।

हरि बहादुरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीश रहेको दाबी गर्दै धरौटीमा छुटाइदिन सक्ने आश्वासन दिएका थिए। सोही बहानामा धरौटी रकम र वकिल खर्चका नाममा उनकी श्रीमतीको खातामा ९ लाख रुपैयाँ जम्मा गराइएको प्रहरीले जनाएको छ।

उक्त कार्य ठगी भएको पुष्टि भएपछि दुवै जनालाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom