खोटाङमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा धारिम निवासी ३३ वर्षीय राजकुमार राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जेठ ८ गते राति करिब ११ः५५ बजे कुटपिट गर्दा उनकी २८ वर्षीया श्रीमती शान्ति चर्मकार राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
सदरमुकाम दिक्तेलबाट खटिएको प्रहरी टोलीले सोमबार राईलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको जनाएको छ।
प्रहरीले राईविरुद्ध कर्तव्य ज्यान मुद्दामा खोटाङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जनाएको छ।





