Breaking Posts

Type Here to Get Search Results !

निर्वाचित भएका रबि लामिछानेको पहिलो कार्यक्रम यस्तो हुनेछ - Brighter Khabar

Top Post Ad


चितवन, मङ्सिर ८ । चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ३४ हजार २६४ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । 

उनले  ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने  उनका  निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका छन्  । 

यस क्षेत्रमा ८३ हजार ९५६ मत खसेको थियो जसमा ३ हजार २५० बदर भएको थियो । 

यस्तै निर्वाचित भएका रविले राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु र यसको नतिजा त ५ वर्ष पछि मात्र आउने तर्क गरेका छन् । उनले आज ३ बजे चितवनको इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा  "धन्यवाद सभा" आयोजना गर्ने आफ्ना शुभ चिन्तकहरुलाई जानकारी दिएका छन्  ।  त्यसैगरी उनले आफ्नो  सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन बताएका छन् । उनका अनुसार  एउटा बाकसमा "समस्या पेटिका" लेखिएको हुनेछ। त्यसमा  आफ्ना  समस्या लेखेर खसाउन अनुरोध समेत गरेका छन् भने  अर्को बाकसमा "उजुरी, समस्या, सुझाव पेटिका" हुने र त्यसमा पनि सुझाव दिन सकिने बताइएको छ । 

उनले भनेका छन् :

''राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न।म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०-  गेस्ट हाउस चौरमा, भोलि ११ बजे  इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा  "धन्यवाद सभा" गर्दैछु।एउटा अनुरोध, कृपया  त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा "समस्या पेटिका" लेखिएको हुनेछ। त्यसमा  तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा "उजुरी, समस्या, सुझाव पेटिका"  लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ। 

म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।''

post bottom ads

Ads Bottom