पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो को संयुक्त टोलीले ठूलो परिमाणमा लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ।
मिति २०८३/०१/१० गते दिउँसो करिब ३ बजे पोखरा महानगरपालिका–११ फूलवारी क्षेत्रमा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा २७ वर्षीया मन्दिरा मगर पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार उनको डेराबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ १०२.३७ ग्राम, डिजिटल तराजु १ थान, नगद ९ लाख रुपैयाँ र एक थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेकी मगरलाई लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।






