स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङ र प्रहरी पोष्ट रामबाच्छा बाट खटिएको विशेष अप्रेसन टोलीले फरार अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ।
मिति २०८३/०१/११ गते सञ्चालन गरिएको अप्रेसनका क्रममा स्याङ्जा जिल्ला अदालत को फैसलाअनुसार कैद सजाय तोकिएका तर फरार रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा:
स्याङ्जा वालिङ नगरपालिका–१ का गणेश रेग्मी (डाँका चोरी मुद्दा, १ वर्ष ११ महिना १९ दिन कैद)
वालिङ–६ का सुरज बिक (डाँका चोरी मुद्दा)
उनीहरूलाई पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालतमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै फरार अभियुक्तहरूलाई निरन्तर खोजी तथा पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ।






