Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पोखरामा लघुकथा प्रतिष्ठानको ८४औँ नियमित वाचन सम्पन्न


पोखरा । लघुकथा प्रतिष्ठान पोखरा द्वारा आयोजित ८४औँ नियमित लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नाट्यकार कृष्ण उदासी ले “बिना साधना र बिना एकाग्रता लघुकथा न लेख्न सकिन्छ, न त बुझ्न सकिन्छ। अन्त्यमा झट्का दिने भएकाले लघुकथाको क्षेत्र अन्य विधाभन्दा फरक हुन्छ” भन्दै लघुकथाको विशेषतामाथि प्रकाश पारे।

प्रतिष्ठानका अध्यक्ष कल्याण पन्त को अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२ जना स्रष्टाले आफ्ना लघुकथा वाचन गरेका थिए। वाचन गर्नेहरूमा गीता तिवारी, गायत्री पराजुली, दिनेश बस्नेत, लक्ष्मी थापा, ढाकामोहन बराल, काजी गाउँले, लक्ष्मण गौतम 'हिमाली', टुकादेवी आचार्य, डा. ईश्वरमणि अधिकारी, अल्पबिराम पोखरेली, लक्ष्मण थापा लगायत रहेका थिए।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष गीता तिवारीले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव विष्णु बास्तोला ले सञ्चालन गरेका थिए।

अर्को नियमित लघुकथा वाचन कार्यक्रम जेठ महिनाको दोस्रो शनिबार आयोजना हुने जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom