Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

२५ वर्ष कैद सजाय तोकिएर फरार प्रतिवादी पोखरा पृथ्वी चोकबाट पक्राउ


पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय ठेकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट का अनुसार रौतहट जिल्ला अदालतबाट दोषी ठहर भई कारागारमा सजाय भुक्तान गरिरहेका केदार परियार उर्फ केदार दमै मिति २०८२ भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

जिल्ला रौतहट डुमडिया गाउँपालिका–१० निवासी ३० वर्षीय उनलाई वडा प्रहरी कार्यालय बैदाम बाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट बैशाख ०२ गते पक्राउ गरेको हो।

पक्राउ परेका परियारलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय कास्की मा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले अझै १८ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको खुल्न आएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom