![]() |
| फाइल तस्वीर |
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो को संयुक्त टोलीले लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ।
मिति २०८३/०१/०८ गते साँझ करिब ५ बजे पोखरा महानगरपालिका–३ तेर्सापट्टी क्षेत्रमा लागू औषधको बिक्री भइरहेको सूचनाका आधारमा गरिएको अपरेसनमा स्याङ्जा घर भई हाल पोखरामा बस्दै आएकी २७ वर्षीया दुर्गा गहतराज पक्राउ परेकी हुन्।
उनको साथबाट बुर्फिनर्फिन १५ एम्पुल, डाइजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल लागू औषध तथा एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी गहतराजलाई कास्की जिल्ला अदालत बाट ६ दिनको म्याद थप गरी लागू औषधसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ।





