Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

सार्वजनिक जग्गा अतिक्रमण हटाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम


पोखरा , बैशाख ११ गते। पोखरा महानगरपालिका ले सार्वजनिक ऐलानी पर्ति जग्गा अतिक्रमण हटाउन ३५ दिनभित्र संरचना खाली गर्न निर्देशन दिएको छ।

महानगरका अनुसार महानगर क्षेत्रभित्रका विभिन्न स्थानहरूमा बिना अनुमति सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत तथा संस्थागत रूपमा भवन निर्माण, कार्यालय सञ्चालन, भाडामा लगाउने तथा पर्खाल लगाएर जग्गा कब्जा गर्ने जस्ता गतिविधि भइरहेको भन्दै व्यापक गुनासो प्राप्त भएको थियो।

सोही आधारमा मिति २०८३/०१/०३ को नगर कार्यपालिकाको निर्णयअनुसार सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफूखुसी निर्माण गरिएका संरचना हटाउन आग्रह गरिएको हो।

महानगरले सार्वजनिक जग्गा संरक्षणमा सबै सरोकारवालालाई सहयोग गर्न अपिल गर्दै तोकिएको समयभित्र अतिक्रमण हटाउन चेतावनी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom