Breaking Posts

Type Here to Get Search Results !

यिनै हुन् झु'ठो विवरण पेश गरी नेपाली नागरिकता लिने दश भार'तीय नाग'रिक- Brighter Khabar

Top Post Ad


झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शङ्खमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । 

यस्तै बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई  नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड सहित पक्राउ  गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिइएको पाइएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार  विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको खबर छ ।

पक्राउ परेकाहरु सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेकाहरू हुन्  ।

post bottom ads

Ads Bottom