Breaking Posts

Type Here to Get Search Results !

एक एकल महिलाको बीभत्स हत्यापछि लुटपाट- Brighter Network

Top Post Ad


वैशाख २६ गते । झापा बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एक एकल महिलाको बीभत्स हत्यापछि लुटपाट गरेको छ । 


मङ्गलवार राती १२ बजेतिर समूहमा आएको लुटपाटमा आएको टोलीले स्थानीय करिब ६८ वर्षीया एकल महिला विष्णुमाया विष्टलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरी घरमा भएको धनमाल लुटपाट गरेर लगेको स्थानीयवासीले बताएका छन् । रातीको समयमा होहल्ला भए पनि गाउँले उठेर हेर्दा शान्त भएको तर बिहान उनको हत्या गरेको पाइएको स्थानीयको भनाइ छ । यस घटनाको बारेमा इलाका प्रहरी कार्यालय बिर्तामोड प्रहरीले अनुसन्धान थालेको छ । 


प्रहरीले विष्टको घरमा लुटपाटपछि हत्या गरेको र घटनाबारेमा थप अनुसन्धान थालेको बताएको छ । लागु औषध सेवनकर्ताको समूहले उनको लुटपाट गरेको र लुटपाट गर्ने समूहको पहिचान खुल्ने भयले वृद्धालाई समेत हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । घरमा नाति र हजुरआमा मात्रै बस्दै आएकोमा नाति समेत आफन्तको घरमा अन्यत्र गएको बेलामा हजुरआमाको हत्या भएको हो । 


हत्या हुनुभएका विष्टका जेठो छोरा अमेरिका र कान्छो छोरा काठमाडाैंमा बस्दै आउनुभएको छ । राती ११ बजेतिर वृद्धाको घरमा ढोका खोल्न लागेको थाहा पाएसँगै उहाँले फोन गरेर छिमेकीलाई बोलाएको र छिमेकी आउँदा उनीहरूको समूह अन्यत्र भागेर छिमेकी गएपछि पुनः हत्या गरेर लुटपाट गरेको स्थानीयले बताएका छन् । 


यता वृद्धाको हत्यापछि उनको शव भएको स्थानलाई सुरक्षित राखेर धरानबाट तालिमप्राप्त कुकुर झिकाई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख मिलन केसीले बताउनुभयो ।

post bottom ads

Ads Bottom