Breaking Posts

Type Here to Get Search Results !

एक नेपालीको हत्यामा संलग्न १ भारतिय सहित ६ जना पक्राउ - Brighter Network

Top Post Ad


चैत १८ गते, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारामा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।  


प्रहरीका अनुसार सर्लाही, चक्रघट्टा गाउँपालिका-८ स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या प्रकरणमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।  


पक्राउ परेका अभियुक्तहरूमा सर्लाही, चक्रघट्टा गाउँपालिका-१ का २२ वर्षीय निपु मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल तथा भारत, बिहार स्थायी घर भई काठमाडौंको दक्षिणढोका क्षेत्रमा बस्दै आएका २९ वर्षीय सुनिल शर्मा रहेका छन्। पक्राउसम्बन्धी जानकारी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक अपिल राज बोहराले दिएका छन्।  


राहुल साहको शव गोकर्णेश्वर नगरपालिका-८, माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, लेनदेनसम्बन्धी विवादका कारण हत्या गरिएको बताइएको छ।

post bottom ads

Ads Bottom