Breaking Posts

Type Here to Get Search Results !

फुपुको घर जान भन्दै घरबाट निस्केकी ९ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट ज्यान गयो - Brighter Network

Top Post Ad


बन्दिपुर, चैत २९ — तनहुँको बन्दिपुर गाउँपालिका–२ स्थित कामी डाँडामा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिका अनुजा बिकको मृत्यु भएको छ।


शुक्रवार साँझ करिब ६ बजे फुपुको घर जान भन्दै घरबाट निस्केकी अनुजा लामो समयसम्म नफर्किएपछि परिवारले खोजी सुरू गरेका थिए। खोजीका क्रममा बालिकाको अङ्कलले बाटोमा चप्पल देखेपछि तुरुन्तै स्थानीयवासी र प्रहरीलाई खबर गरिएको थियो।


स्थानीय र प्रहरीको टोलीले राति करिब ८ः३० बजे घरबाट झन्डै ८०० मिटर टाढाको जङ्गलमा बालिकाको शव फेला पारेको थियो। चितुवाको आक्रमणबाट घाँटी र शरीरका अन्य भाग क्षतविक्षत अवस्थामा शव भेटिएको जनाइएको छ।


स्थानीय बासिन्दा घटना पछि त्रसित बनेका छन् भने वन्यजन्तुको बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ। यस प्रकारको घटनाबाट भविष्यमा यस्ता दुर्घटना नदोहरिऊन् भनी स्थानीयहरूले सम्बन्धित निकायलाई प्रभावकारी सुरक्षा उपाय लिन आग्रह गरेका छन्।

post bottom ads

Ads Bottom