Breaking Posts

Type Here to Get Search Results !

बसको ढोकाबाट खसेर एक शिक्षकको ज्यान गयो - Brighter Network

Top Post Ad

सांकेतिक तस्विर 


वैशाख ७ – विद्यार्थी भर्नाका लागि प्रचारप्रसारमा गएका एक शिक्षकको बसको ढोकाबाट खसेर दु:खद निधन भएको छ।


शनिबार साँझ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलको तर्फबाट प्रचारमा गएका शिक्षक विष्णुदत्त भट्ट (अन्दाजी २६ वर्ष) को डिलाशैनी गाउँपालिका–६ बाँगावगरमा भएको दुर्घटनामा मृत्यु भएको हो।


सु.प्र.०४–००१क–०००९ नम्बरको स्कूल बस गोकुलेश्वरबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमाना तर्फ जाँदै गर्दा भट्ट बसको ढोकाबाट अचानक खसेका थिए।


घाइते अवस्थामा उहाँलाई तत्कालै गोकुलेश्वर अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिनुभयो।


दुर्घटनाको अनुसन्धानका लागि बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


शिक्षक भट्ट बैतडीको दोगडाकेदार गाउँपालिका–४ का स्थायी बासिन्दा हुनुहुन्थ्यो। उहाँले विद्यार्थी भर्ना अभियानमा सक्रियताका साथ काम गर्दै आउनुभएको थियो।

post bottom ads

Ads Bottom