Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

छोरीले नै गरिन् आफ्ना दिवंगत बाबुको किरिया - Brighter Network


तनहुँ, वैशाख ६ – ‘छोरीले किरिया बस्न हुँदैन’ भन्ने सामाजिक मान्यतामाथि चोट पुर्‍याउँदै तनहुँका दुई छोरीहरूले आफ्ना दिवंगत बाबुको किरिया बस्ने साहसी निर्णय लिनुभएको छ।


व्यास नगरपालिका–२, सत्यवतीलाइन दमौली निवासी प्रतिक्षा पन्थ र सुमिक्षा पन्थले आफ्ना बुबा प्रकाशराज पन्थको चैत २८ गते निधनपछि समाजिक कुसंस्कारविरुद्ध उभिँदै किरिया बसेका हुन्।


परम्परागत रूपमा छोराले मात्र दागबत्ती दिनुपर्ने र किरिया बस्नुपर्ने मान्यतालाई चुनौती दिँदै प्रतिक्षा पन्थले भनिन्, “छोरा र छोरी दुवै बराबरी हुन्। बाबुलाई माया गर्ने अधिकार छोरीमा पनि हुन्छ, त्यसैले म किरिया बसेकी हुँ।”


सामाजिक परिवर्तनका लागि हिम्मत चाहिन्छ भन्ने विश्वासका साथ किरियामा बसेको बताउने प्रतिक्षाले छोरी पनि छोराजस्तै उत्तरदायी र सक्षम हुनसक्ने दृष्टान्त पेश गरेकी छिन्।


स्वर्गीय प्रकाशराज पन्थका ठुला दाजु अशोक पन्थ पनि किरियामा बसेका छन्। केही आफन्तले ठुला बुबा किरियामा बसेपछि छोरी बस्न नपर्ने बताए पनि प्रतिक्षाले भने बुबाप्रति आफ्नो कर्तव्यबोधले यस्तो निर्णय लिएको स्पष्ट पारिन्।


सुमिक्षा पन्थ किरिया बसिरहेको अवस्थामा महिनावारी भएकाले उहाँको किरिया रोकिएको परिवारले जानकारी दिएको छ।


सामाजिक सन्देश दिने यो कार्यले परम्पराको नयाँ व्याख्या गर्दै छोरीको भूमिकालाई पुनः परिभाषित गरेको स्थानीयले बताएका छन्। यो घटनाले समता, समान अधिकार र नारी चेतनाको एउटा सकारात्मक उदाहरण स्थापित गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom