पाल्पाको रैनादेवी छहरा घर भई बुटवलमा व्यवसाय गर्दै आएकी विष्टलाई लक्षित गर्दै गोली प्रहार गरिएको हो। गोली लागी गम्भीर घाइते भएकी उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार विष्टको अहिले शल्यक्रियाको तयारी भइरहेको छ। उनले जानकारी दिँदै घटनामा संलग्न व्यक्तिको प्रारम्भिक हुलिया भारतीय मूलको जस्तो देखिने र गोली प्रहार पछि फरार भएको बताएका छन्।
प्रहरीले घटनास्थलको सुरक्षाका साथै घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। अहिले सिसीटिभी फुटेज, प्रत्यक्षदर्शी बयान र अन्य प्रमाण संकलनको काम तीव्र पारिएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाहरु यति बेलाको दिनमा खुलेआम गोली प्रहारको घटनाबाट त्रसित छन्। प्रहरी प्रशासनले अपराधीलाई छिटो पत्ता लगाई कानूनी दायरामा ल्याउन कडाइका साथ अनुसन्धान अघि बढाइरहेको छ।