Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गए राति भएको इभी माइक्रो दुर्घटनामा एक जनाको ज्यान गयो , ६ जना घाइते - Brighter Network


डोटी, वैशाख १६ – डोटीको जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा इभी माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। 


धनगढीबाट बैतडीको पुर्चौडी जाँदै गरेको सुप प्र ०२००१ ज ०५६७ नम्बरको इभी हाइस गए राति साढे ११ बजे अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खसेको थियो। दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका–४ निवासी ६५ वर्षीय धना नेगीको मृत्यु भएको हो। 


घाइते हुनेहरूमा सोही गाउँपालिका–४ निवासी ४५ वर्षीय हर्क नेगी, २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, २८ वर्षीय वीरबहादुर नेगी र २४ वर्षीय चालक अशोक बम रहेका छन्। घाइतेमध्ये चालक अशोक बम र मृतक धना नेगीको अवस्था गम्भीर रहेको जनाइएको छ। 


सबै घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom