Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रुख काट्ने क्रममा च्यापिएर एक जनाको ज्यान गयो - Brighter Network


मकवानपुर, वैशाख १६ – मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरस्थित सूर्यकिरण सामुदायिक वनमा रुख काट्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। 

ठेक्कामा रुख काट्ने क्रममा इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूलाई गए राति रुखले च्याप्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। 

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको छ।


Top Post Ad

post bottom ads

Ads Bottom