Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित - Brighter Network



ब्राइटर खबर, वैशाख २८– आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकले नीति तथा कार्यक्रमलाई बहुमतले स्वीकृति दिएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमा सांसदहरूलाई जवाफ दिएका थिए। प्रधानमन्त्रीको सम्बोधनपछि सभामुख देवराज घिमिरेले कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। ती सबै संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएपछि मूल नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरियो र पारित गरियो।

यसअघि, राष्ट्रपत‍ि रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। पारित नीति तथा कार्यक्रममार्फत सरकारले आगामी वर्षका प्राथमिकता, योजनाहरू तथा विकासको रूपरेखा सार्वजनिक गरेको छ।

नीति तथा कार्यक्रममार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने, पूर्वाधार विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षाको सुदृढीकरण, तथा सुशासनलाई केन्द्रमा राखिएको सरकारको दाबी छ।

(ब्राइटर खबरको राजनीतिक डेस्कबाट) 

Top Post Ad

post bottom ads

Ads Bottom