Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पतिको हत्या अभियोगमा श्रीमती पक्राउ, कोदालो प्रहारबाट गम्भीर घाइते श्रीमान्को उपचारको क्रममा मृत्यु


ब्राइटर खबर, 

खोटाङ – खोटाङमा श्रीमान्‌को हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन्। हलेसी तुवाचुङ नगरपालिका–९, माथिल्लो चिचिङ्गाकी ५३ वर्षीया रेनुका राईलाई आफ्नै श्रीमान्‌को हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।


प्रहरीका अनुसार, घरेलु विवादका क्रममा रेनुकाले ५१ वर्षीय श्रीमान्‌ पाँचकर्ण राईमाथि कोदालोको पासोले प्रहार गरेकी थिइन्। उक्त प्रहारबाट गम्भीर घाइते भएका पाँचकर्णलाई काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो।


घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी अर्खौलेबाट खटिएको टोलीले शनिबार बिहान रेनुकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


स्थानीय स्तरमा यस्ता घरेलु हिंसाका घटनाहरू दोहोरिँदै आइरहेका छन्, जसले पारिवारिक सुरक्षामाथि गम्भीर प्रश्न उठाउँदै आएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom