जेठ ६, सिरहा प्रहरीले नरहा गाउँपालिका-१ देविपुरबाट लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
संजय दासले नयाँ संचालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषि फार्मबाट ३१ किलो ८२० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । फार्ममा दुई वटा बोरामा लुकाएको अवस्थामा गाँजा बरामद गरिएको हो ।
फार्ममा गाँजा भेटिएपछि संचालक नरहा गाउँपालिका-१ का संजय दास, सोही स्थानका रामशरण दास र बाराको कलैया ४ घर भई हाल नरहामै बस्दै आएका संजय दासको गाडी चालकको रूपमा काम गर्ने धिरज महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।