Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पृथ्वी राजमार्गमा भएको बस र टिप्पर दुर्घटनामा सात जना घाइते


जेठ ६, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका ४ गोरे चौतारा क्षेत्रमा बस र टिप्पर दुर्घटनामा सात जना घाइते भएका छन् ।


रुकुम पश्चिमबाट काठमाण्डौतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१–००१ अ–यो ००२७ नम्बरको टिप्पर ठक्कर खाँदा सो दुर्घटना भएको हो ।


दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका ७ बस्ने ४९ बर्षिय हरिशचन्द्र खत्रीको थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो ।


दुर्घटनामा मुसिकोट नगरपालिका ६ का ३५ बर्षिय चन्द्र बहादुर रावल, सानिभेरी नगरपालिका ४ का १७ बर्षिय बिन्दु वली सोही स्थानका ५० को भद्र बहादुर वली, रुकुम पश्चिमकै ३५ बर्षिय शर्मिला पाण्डे घाइते हुनुभएको छ ।


बस चालक नुवाकोट मेघा नगरपालिका ५ का संजोग नेपाली र टिप्पर चालक भानु नगरपालिका १२ का ४४ बर्षिय शंकर अधिकारी सामान्य घाईते भएको प्रहरी नायव उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो ।


दुर्घटनामा खत्री बाहेकका ६ जनाको अवस्था सामान्य रहेको डिएसपी थापाले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom