Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विवादित धर्मगुरु रामबहादुर बम्जन कारागार चलान


सम्पत्ति शुद्धीकरण मुद्दामा विवादित धर्मगुरु रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान

सर्लाही, जेठ १३ – विवादित धर्मगुरु रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। ‘लिटिल बुद्ध’ भनेर चिनिने बम्जनलाई अदालतको आदेशअनुसार सोमबार साँझ सर्लाही सदरमुकाम मलंगवास्थित कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाइपछि पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो। अदालतका सूचना अधिकारी सिकिन्दर कापरका अनुसार बम्जनविरुद्ध फागुन ५ गते सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको थियो।

यसअघि सर्लाही जिल्ला अदालतले २०८१ साल असार १० गते बम्जनलाई आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहार गरेको मुद्दामा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। तर, सो फैसला उच्च अदालत जनकपुरले उल्ट्याउँदै चैत ६ गते बम्जनलाई मुक्त गरेको थियो।

बम्जन सोमबार अदालतमा उपस्थित हुँदा सर्लाही सदरमुकाम मलंगवामा उनका सयौं समर्थकहरू भेला भएका थिए। प्रहरीले शान्ति सुरक्षा व्यवस्थित गर्न विशेष सतर्कता अपनाएको थियो।



Top Post Ad

post bottom ads

Ads Bottom