Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मर्स्याङ्दी नदिमा नुहाउन गएका युवक बेपत्ता





लमजुङ, जेठ ११ – लमजुङको बेसीशहर नगरपालिका–६ खरखरे मालेबगरस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्।

बेपत्ता हुने व्यक्ति सप्तरीको सम्भुनाथ नगरपालिका–१२ अर्नाहाका २४ वर्षीय नन्द किशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

काठमाडौँस्थित भिभा कन्ट्रक्सन प्रा.लि. मार्फत उदिपुर–मनाङ विद्युत प्रसारण लाइनमा मजदुरी गर्दै आएका छजना कामदार शनिबार दिउँसो मर्स्याङ्दी नदीमा नुहाउन गएका थिए। तीमध्ये पाँचजना फर्किए पनि चौधरी नदी पारि पौडी खेल्दै जाँदा अचानक बेपत्ता भएका हुन्।

अन्य कामदारहरू उनलाई केहीबेरमै फर्किन्छन् भन्ने सोचेर फर्किएको बताइएको छ। चौधरी अझै फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom