Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा आउंदै गरेको यात्रुबाहक बस कास्कीमा दुर्घटना, १८ जना घाइते


कास्की, जेठ १६ – लमजुङबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस कास्कीको रुपा गाउँपालिका–१ पार्चेमा दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


शुक्रबार दिउँसो ग १ ख ४१०१ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिएको ईलाका प्रहरी कार्यालय भोर्लेटारले जनाएको छ। दुर्घटनापछि प्रहरीको टोलीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाएको प्रहरी निरीक्षक याम अर्यालले जानकारी दिनुभयो।


दुर्घटनामा संलग्न बसका चालक ३४ वर्षीय सन्तोष लामा समेत घाइते भएका छन्। उनी लमजुङको मध्येनेपाल नगरपालिका–७ रामबजारका निवासी हुन् र हाल प्रहरी नियन्त्रणमा रहेका छन्।


दुर्घटनामा घाइते हुनेहरूमा रामबजारकै राधिका घिमिरे (६२), मेनुकादेवी घिमिरे (८२), शोमा थापा (५९), लक्ष्मीकुमारी गुरुङ (५४), सरस्वती केसी (४५), जमुनादेवी घिमिरे (८३), सरिता घिमिरे (४२), सावित्रा घिमिरे (५६), रिता घिमिरे (४२), पार्वती घिमिरे (४१), सिजा थापा (४८), चन्द्रबहादुर केसी (७५), नेत्रबहादुर केसी (७१), लिला केसी (३०), शान्ति केसी (३७), हरीकृष्ण घिमिरे (६३), कमलादेवी घिमिरे (४८) र मैया कुँवर (५५) रहेका छन्।


बसका यात्रुहरु लमजुङको विभिन्न स्थानबाट पोखरातर्फ जाँदै गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom