जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीका अनुसार गत मङ्गलबार साँझ चोरी गरी पोखरा पुगेका व्यक्तिहरूलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा स्याङ्जाको आँधिखोला गाउँपालिका–५ स्थायी घर भई हाल पोखरा महानगरपालिका–५ मा बसोबास गर्दै आएका २१ वर्षीय पवन परियार र अर्जुनचौपारी गाउँपालिका–४ स्थायी घर भई पोखरामा बस्ने २४ वर्षीय शाहिल गुरुङ छन्।
उनीहरूको साथबाट रेडमी, ओप्पो र भिभो ब्रान्डका गरी तीन थान स्मार्टफोन बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल जिल्ला अदालत स्याङ्जाबाट ९ दिनको म्याद थप गराई चोरी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।




