Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीव्र गतिको बोलेरो र मोटरसाइकल ठोक्किँदा दुई घाइते, एकको अवस्था गम्भीर


नवलपुर — नवलपुरको गैँडाकोटमा बोलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।


गैँडाकोट नगरपालिका–२ स्थित भृकुटीचोक नजिकै पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। लु ३ च ८४७७ नम्बरको बोलेरो कांग्रेस चोकबाट चितवनतर्फ जाँदै गरेको बेला सोही दिशातर्फ गइरहेको ना ६३ प २२६१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने प्रयास गर्दा विपरीत दिशाबाट आइरहेको ना १ ज ४३४२ नम्बरको म्याजिक भ्यानमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ।


दुर्घटनामा मोटरसाइकल चालक पर्सा बहुदरमाई गाउँपालिका–८ का ३० वर्षीय उमाशंकरकुमार पण्डित र पछाडि सवार नवलपुर हुप्सीकोट गाउँपालिका–३ का ३० वर्षीय सागर पाण्डे घाइते भएका हुन्।


घाइते दुवैको चितवनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार सागर पाण्डेको अवस्था गम्भीर छ।


दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom