काठमाडौँ, जेठ २ गते – भारत र पाकिस्तानबीचको पछिल्लो तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ आजबाट पुनः सुरु हुँदैछ।
कास्मिरको पहलगाममा आतंककारी समूहले गराएको आक्रमणमा २२ जनाको मृत्यु भएपछि भारतले ‘अप्रेसन सिन्दुर’ नामक सैन्य कारवाही थालेको थियो। त्यसपछि बढेको तनावका कारण गत साता आइपीएलका खेलहरू स्थगित गरिएका थिए।
भारत–पाकिस्तानबीच तनाव व्यवस्थापन भई युद्धविराम लागू भएपछि पुनः प्रतियोगिता सुरु हुन लागेको हो। पञ्जाब र दिल्लीबीच जारी खेल स्थगित भएपछि प्रतियोगिता अन्यौलमा परेको थियो।
आजको पहिलो खेल अर्थात् ५८औं म्याच बैंग्लोर र कोलकाता बीच साँझ ७ः३० बजे सुरु हुने छ।