आज अपराह्न हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा नं. ७ चारपालास्थित एक प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई रुख ढलेर च्यापेको हो।
घटनामा ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीया दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो।
त्यसैगरी सोही स्थानका ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन्। उनीहरूको रूपन्देहीस्थित देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पानी परेपछि प्रतिक्षालयमा आश्रय लिएका स्थानीयलाई हावाहुरीले ढलेको रुखले च्याप्दा प्रतिक्षालयसमेत भत्किएको प्रहरीको भनाइ छ।