Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अवरुद्ध पृथ्वी राजमार्ग करिब १३ घण्टा पछि पुनः संञ्चालनमा


जेठ १४, अवरुद्ध पृथ्वी राजमार्ग करिब १३ घण्टा पछि पुनः संञ्चालनमा ल्याईएको छ । हिजो मंगलवार बिहान करिब सवा दश बजे थाक्रे गाउँपालिकास्थित वडा नम्वर ७ सोप्याङ्ग खोलामा पुलको एकातिरको भाग भासिएपछि राजमार्गमा सवारी आवगमन दुबैतर्फ ठप्प भएको थियो ।


स्तरोन्नतीसहित निर्माणधीन अवस्थामा रहेको राजमार्गको सो स्थानमा पुलको जिपा भासिन पुग्दा पुलको एकतर्फको भागमा भ्वाङ्ग परेपछि राजमार्ग अवरुद्ध भएको हो ।


भासिएको स्थानमा ग्याविन जाली भरेर गएराती करिब १२ बजेतिर सडक एकातर्फ सञ्चालनमा ल्याइएको नागगढुङ्ग-मुग्लीन सडक आयोजना पुर्वी खण्डले जनाएको छ ।


अहिले राजमार्गको मुख्य भासिएको स्थानबाट एकातर्फ सञ्चालन गराइएको छ भने डाभर्सन समेत खोलेर आर्कोतर्फबाट पनि सवारी सञ्चालन गराइएको हो ।


नयाँ पुल निर्माणको क्रममा पुरानो सञ्चालनमा रहेको पुलको जिप भासिन पुग्दा सो स्थानमा सवारी बन्द भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom