उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खाँदा दुर्घटना भएको चितवन प्रहरीले बताएको छ ।
आज बिहान १:४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा भएको दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदिप तिमिल्सिनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।