Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितामा जलाउन लागिएकी ६ वर्षीया बालिकाको शव प्रहरी नियन्त्रणमा, बाबु र भाउजु पक्राउ




संखुवासभा – ०९ जेठ, २०८२
संखुवासभा जिल्लामा एक ६ वर्षीया बालिकाको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी सक्रिय भएको छ। जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी युनिका तामाङको शव जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार युनिकाको शव एम्बुलेन्समार्फत दाहसंस्कारका लागि घरतर्फ लैजाँदै गर्दा बिहीबार बिहान करिब ७ बजे खाँदबारी–३ गुरुङचोकमा प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेत नेतृत्वको टोलीले एम्बुलेन्ससहित नियन्त्रणमा लिएको हो।

बैशाख ३० गते घरायसी विवादका क्रममा मृतकका बाबु गोपाल तामाङ र उनका भाइबुहारी कल्पना (गुरुङ) तामाङबीच झैँ–झगडा भएको थियो। विवादकै क्रममा कल्पनाले युनिकालाई धकेलेपछि उनी डिलबाट लडेर गम्भीर घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गम्भीर घाइते युनिकालाई सुरुवातमा जिल्ला अस्पताल संखुवासभा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। प्रहरीले दिएको जानकारीअनुसार जेठ ७ गते बुधबार नोबेल अस्पतालमै उपचारका क्रममा युनिकाको मृत्यु भएको हो।

शवलाई हाल जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको छ। यसबीच, प्रहरीले युनिकाकी भाउजु कल्पना तामाङलाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरी अनुसन्धानका लागि खाँदबारी ल्याउँदै गरेको छ। साथै, मृतकका बुबा गोपाल तामाङलाई पनि नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको जनाउँदै मृतकको पोस्टमार्टम तथा अन्य प्रमाणको आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom