सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको टोलीले चितवनका २२ वर्षीय रेशम थापा र पोखरा–६, लेकसाइडका २१ वर्षीय विजय सुनारलाई तालबाट सुरक्षित बाहिर निकालेको हो। ती दुवैजना हुरीको कारण तालमै खसेका थिए।
सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सिनाका अनुसार, "तालमा खसेका दुई जनालाई सकुशल उद्धार गर्यौं, साथै तालको किनारमा अलपत्र परेका थप छ जनालाई पनि सुरक्षित स्थानमा पुर्याइएको छ।"
त्यसैदिन दिउँसो पोखराको खाल्टेमसिनास्थित सेती नदीमा डुबेका एक युवकको शव पनि फेला पारिएको छ। बागलुङको निसिखोला गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका–१४ मझेरीपाटनमा बस्दै आएका १८ वर्षीय युवराज विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको नेतृत्वमा खटिएको गोताखोर टोलीले डुबेको एक घन्टा ३० मिनेटपछि विकको शव उद्धार गरेको हो।
प्राकृतिक प्रकोपसँगै बढेको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले ताल तथा नदी आसपासमा सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।