Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीन स्थानबाट जुवातास खेल्दै गरेका १६ जना पक्राउ, लाखौं नगद र तास बरामद


भक्तपुर – भक्तपुरका विभिन्न स्थानमा जुवातास खेल्दै गरेका १६ जनालाई प्रहरीले शनिबार दिउँसो छापा मारेर पक्राउ गरेको छ। पक्राउ परेकासँगै प्रहरीले नगद झण्डै १ लाख ५६ हजार रुपैयाँ र तीन बुक तास समेत बरामद गरेको छ।


प्रहरीका अनुसार, मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघरमा विष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँमा बस्दै आएका भिम प्रधानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट १३ हजार ७ सय ६० रुपैयाँ नगद र १ बुक तास बरामद गरिएको छ। घटनास्थलमा प्रहरी वृत्त थिमीबाट खटिएको टोली पुगेको थियो।


त्यसैगरी, मध्यपुर थिमी–१, लोकन्थली स्थित मनहरा आँखा अस्पताल नजिकै रहेको धन बहादुर फुयालको 'मुस्ताङ खाजा घर' मा जुवा खेलिरहेको अवस्थामा अमर तामाङसहित सात जना पक्राउ परेका छन्। उनीहरूबाट ८८ हजार ४ सय २५ रुपैयाँ नगद र १ बुक तास बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।


तेस्रो घटना चाँगुनारायण नगरपालिका–१, दुवाकोट वेशीमा घटेको हो। दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ५४ हजार ६ सय ५० रुपैयाँ नगद र १ बुक तास बरामद गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom