Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तिव्र गतिको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको ज्यान गयो


 जेठ ६ गते । लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी बेँसीसहर–१ उदिपुर ढाडगाउँ बस्ने वर्ष ३१ का ट्याक्टर चालक अहिर परियारको मृत्यु भएको हो । 


उदिपुर बजारबाट रिठेबगरतर्फ जाँदै गर्दा प्रदेश ०२०३–००१ त. ५४३० नम्बरको खाली ट्याक्टर अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो । 


प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल बेँसीसहर लमजुङमा राखिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom