Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चारखोलेमा जिप दुर्घटना, पाँच जना घाइते

 



धरान, जेठ १४ – धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन्। दुर्घटना बुधबार

दिउँसो कोशी लोकमार्ग अन्तर्गत धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाईमा भएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार को. १ च. ६६४० नम्बरको जिप ब्रेक फेल भएर अन्दाजी ५० मिटर तल खसेको हो। दुर्घटनामा गम्भीररूपमा घाइते भएकामध्ये चार जना 'हेड नेपाल' विराटनगर संस्थाका कर्मचारी रहेका छन्।

घाइतेहरूमा सप्तरीका चालक राकेशकुमार यादव, उदयपुर त्रियुगा नगरपालिकाका ललित परियार, मोरङ विराटनगरकी एन्जिला अधिकारी, विराटनगरकै निर्मला गुर्वाजु र मोरङ उर्लाबारीकी त्रानु गौतम रहेका छन्।

दुर्घटनापछि घाइते सबैको तत्काल उद्धार गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यता, जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom