Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाल शिक्षक महासंघद्वारा शैक्षिक हडताल तथा सडक आन्दोलन स्थगित - Brighter Network


वैशाख १७ — नेपाल शिक्षक महासंघले सञ्चालन गर्दै आएको शैक्षिक हडताल तथा आन्दोलन अन्तर्गत विद्यालय तहका सबै कार्यतालिका स्थगन गर्ने निर्णय गरेको छ।


महासंघको राष्ट्रिय समितिको निर्णयअनुसार करिब एक महिना अगाडिदेखि जारी आन्दोलन अन्तर्गत सञ्चालन भइरहेको विद्यार्थी भर्ना, परीक्षा बहिष्कार, कक्षा बहिष्कार लगायतका सम्पूर्ण कार्यक्रमहरू वैशाख १५ गतेबाट स्थगन गरिएको छ। सोसहित विद्यालय शिक्षण कार्य पुनः नियमित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ।


साथै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाराज बुढाथोकीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “तोकिएको समयभित्र ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ अझै कडा आन्दोलनमा जान बाध्य हुनेछ।”



Top Post Ad

post bottom ads

Ads Bottom