पोखरा, बैशाख १५ – कास्की जिल्लाको मादी गाउँपालिका–१२ स्थायी घर भई हाल पोखरा महानगरपालिका–२७ शिरमणी मार्ग टोलमा बसोबास गर्दै आएका अभिषेक ढकाल सोमबार बिहानदेखि बेपत्ता भएका छन्।
१२ वर्षीय अभिषेक पोखरा–३२ लामेआहालस्थित राधाकृष्ण गुरूकुल विद्यालयमा अध्ययनरत छन्। परिवारका अनुसार उनी २०८२ साल बैशाख १५ गते सोमबार बिहान १० बजे विद्यालय जानको लागि तालचोक नजिकैको हमालचोकबाट निस्केका थिए। तर, विद्यालयमा उनी नपुगेको जानकारी प्राप्त भएको छ र साँझसम्म पनि उनी घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको छ।
हराउने समयमा अभिषेकले निलोमा सेतो चेक भएको सर्ट, घ्यु रङको पाइन्ट र सेतो जाली भएको चप्पल लगाएका थिए। हालसम्म उनीबारे कुनै जानकारी प्राप्त नभएको भन्दै परिवारजन चिन्तित बनेका छन्।
बालकको खोजी कार्य जारी रहेको र यदि कसैलाई उनीबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।