डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहका अनुसार सव डिभिजन कार्यालय पुष्पवलपुर र जिल्लाबाट खटिएको टोलीले ज १ त ६३७७, ज १ त ४८५६ र मधेश प्रदेश ०२–००१ त–२८७७ नम्बरका ट्याक्टरहरू नियन्त्रणमा लिएको हो। साथै मिथिला नगरपालिका–५, विश्रामपुरका सामैल अछामी, समिर भुजेल र सुन्दरकुमार महरा पनि पक्राउ परेका छन्।
सिंहका अनुसार पक्राउ परेकाहरूविरुद्ध अवैध उत्खननको आरोपमा आवश्यक अनुसन्धान अगाडि बढाइँदैछ र वन ऐनअनुसार कारबाही प्रक्रिया थालिनेछ। “वन क्षेत्रको सुरक्षा र संरक्षण हाम्रो प्रमुख जिम्मेवारी हो,” सिंहले भने, “यस्ता गैरकानुनी गतिविधिमा संलग्न कसैलाई पनि उन्मुक्ति दिइने छैन।”
पछिल्लो समय धनुषाका विभिन्न सामुदायिक वन क्षेत्रमा रातिको समयमा बालुवा, माटो लगायतका सामग्री अवैध रूपमा उत्खनन गर्ने घटनामा वृद्धि भएको छ। यस्तो गतिविधिले जैविक विविधता र वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको भन्दै स्थानीय बासिन्दा र सरोकारवालाहरूले कडा निगरानी र नियन्त्रणको माग गर्दै आएका छन्।