Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बस र म्याजिक ठोक्किँदा २२ वर्षीया युवतीको मृत्यु, आठ जना घाइते - Brighter Network


सर्लाही, जेठ ५ गते – पूर्व–पश्चिम राजमार्गको सर्लाही खण्डमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। लालबन्दी नगरपालिका–१७ स्थित रानीगन्ज घिमिरे चोकमा डाइभर्सन बनाइएको ठाउँमा यात्रुबस र म्याजिक ठोक्किँदा यो दुःखद घटना भएको हो।


दुर्घटना विराटनगरबाट मलङ्गवातर्फ जाँदै गरेको यात्रुबाहक बस (ना. ६ ख ७२२७) र लालबन्दीबाट बयलवासतर्फ गइरहेको म्याजिक (ना. १ ज २६४५) बीच अपराह्न पौने ५ बजे जुध्दा भएको हो। म्याजिकमा सवार २२ वर्षीया सोना पन्तको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी स्रोतले पुष्टि गरेको छ। मृतक पन्त रानीगन्जका वीरसिंह पन्तकी छोरी हुन्।


इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार दुर्घटनामा घाइते भएका आठ जनाको उपचार नजिकैको मोडेल अस्पताल लालबन्दीमा भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ। म्याजिकका चालक पनि घाइते भएका छन् भने बस चालक भने घटना पछि फरार भएका छन्।


ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेका अनुसार म्याजिक गाडीलाई घटनास्थलबाट हटाइएको छ भने बस हटाउने प्रयास जारी छ। बस चालकको खोजी भईरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom