Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोबाइल नेटवर्क खोज्दै निस्केका २७ वर्षीय युवकको पुलबाट खसेर ज्यान गयो - Brighter Network


बाँके, जेठ ५ गते – निर्माणाधीन पुलबाट खसेर बाँकेको राप्ती सोनारी गाउँपालिका–४ भगवानपुर निवासी २७ वर्षीय दीपेन्द्र थारूको मृत्यु भएको छ। थारू झोलुङ्गे पुल निर्माणको कामका लागि घोडाघोडी नगरपालिका–१२ र ५ जोड्ने कान्द्रा नदी क्षेत्रमा काम गर्दै आएका थिए।


इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार आइतबार राति खाना खाइसकेपछि थारू मोबाइल नेटवर्क खोज्दै पुलतर्फ हिँडेका थिए। अनुमान गरिएअनुसार, नेटवर्क आउने स्थान खोज्ने क्रममा उनी पुलबाट करिब सात फिट तल खसेका थिए।


थारूको शव सोमबार बिहान मात्रै अन्य कामदारहरूले देखेपछि प्रहरीलाई जानकारी दिइएको हो। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको अनुसन्धान भइरहे पनि प्रारम्भिक अनुमानमा चिप्लिएर खसेको हुन सक्ने प्रहरीको भनाइ छ।


शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको र परिवारको जिम्मामा शव हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom