Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्रोत नखुलेको लाखौँ रकमसहित एक जना प्रहरीको नियन्त्रणमा - Brighter Network


धनगढी, वैशाख २३ गते। स्रोत नखुलेको १७ लाख ४६ हजार नौ सय रुपियाँसहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 


प्रहरीले छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका–५ को गुलरियाघाट भन्सार कार्यालय नजिकबाट भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्ला तिकुनियाका ३२ वर्षीय अमनकुमार गर्गलाई स्रोत नखुलेको आठ लाख ९६ हजार ६६० रुपियाँसहित पक्राउ गरिएको छ। 


यूपी ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनले सुर्के थैलीमा कम्मरमुनि पैसा बाधेर राखेको भेटिएको प्रहरीले जनाएको छ। मोटरसाइकल र नगदसहित आवश्यक कारबाहीका लागि गर्गलाई सत्ती भन्सार कार्यालय बुझाइएको छ। 


यसैगरी, भारतीय रुपियाँ लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा टीकापुर नगरपालिका–१ का अर्मन चौधरीलाई भारु पाँच लाख ३१ हजार ४०० (नेपाली आठ लाख ५० हजार २४०) सहित प्रहरीले पक्राउ गरेको छ। चौधरीले सञ्चालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्समा चेकजाँच गर्दा स्रोत नखुलेको भारतीय मुद्रा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 


स्रोत नखुलेको रुपियाँसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाउने जनाइएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom