Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

उडिसास्थित केआईआईटी विश्वविद्यालयमा पुनः एक नेपाली छात्राको मृत्यु, प्रहरी अनुसन्धानमा - Brighter Network


उडिसा, भारत — भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्। बारा सिम्रौनगढकी ती छात्रा बिहीबार साँझ विश्वविद्यालयको छात्रावास ‘क्विन्स क्यासल–४’ (QC–4) को चौथो तलाको कोठामा मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


साँझ करिब साढे ७ बजे छात्रावासको नियमित निरीक्षणका क्रममा उनले ढोका नखोलेपछि सुरक्षाकर्मीहरूले ढोका फोडेर प्रवेश गरेका थिए। त्यहीबेला उनी कोठामा मृत अवस्थामा भेटिएको जनाइएको छ। घटनापछि तत्कालै प्रहरीलाई सूचित गरिएको थियो र हाल घटनास्थल प्रहरीको नियन्त्रणमा रहेको विश्वविद्यालय प्रशासनले जनाएको छ।


केआईआईटी प्रशासनले घटनाबारे नेपाली दूतावासलाई जानकारी गराइसकेको र आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ। छात्राको पहिचान हालसम्म सार्वजनिक गरिएको छैन।


उक्त घटनाले दुई महिनाअघि घटेको अर्काे दुःखद स्मृतिलाई पनि ताजा बनाएको छ। यसअघि फागुन ४ गते रुपन्देहीकी प्रकृति लम्साल सोही विश्वविद्यालयको छात्रावासमै मृत फेला परेकी थिइन्। लगातार दुई नेपाली विद्यार्थीको यस्तै घटनामा मृत्यु भएपछि विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरूबीच त्रासको वातावरण सिर्जना भएको छ।


घटनाको यथार्थ तथ्य बाहिर आउन बाँकी छ भने अनुसन्धानपछि मात्र मृत्युको कारण स्पष्ट हुने जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom