Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध पाकिस्तानको अपरेसन 'बुनयान उल मर्सूस' - Brighter Network


वैशाख २७ — भारतसँगको सीमा तनाव उत्कर्षमा पुगेको बेला पाकिस्तानले आफ्ना सैन्य अड्डामाथि भएको मिसाइल आक्रमणको जवाफस्वरूप "अपरेसन बुनयान उल मर्सूस" सञ्चालनमा ल्याएको छ। पाकिस्तान सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले शुक्रबार यो जानकारी दिएको हो।


पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरी ले भारतले पाकिस्तानका तीन सैन्य अड्डालाई लक्षित गर्दै आक्रमण गरेको आरोप लगाउँदै जवाफी कारबाही सुरु भइसकेको बताएका छन्। उनका अनुसार भारतको आक्रमणमा प्रयोग गरिएका अधिकांश मिसाइलहरूलाई पाकिस्तानको डिफेन्स सिस्टमले निष्क्रिय पार्न सफल भएको दाबी गरिएको छ।


पाकिस्तानले आक्रमणको निशाना बनेको भनिएका स्थानहरूमा रावलपिण्डी र नूर खान एयरबेस रहेका छन्, जुन राजधानी इस्लामाबाददेखि करीव १० किलोमिटरको दूरीमा छन्। यद्यपि भारतले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।


के हो ‘बुनयान–उल–मर्सूस’?

‘बुनयान उल मर्सूस’ भन्ने शब्द पवित्र कुरानबाट लिइएको हो। यसको शाब्दिक अर्थ हुन्छ— "सिसाबाट बनाइएको बलियो पर्खाल" वा "दृढ र एकीकृत मोर्चा"।


पाकिस्तानी सूचना मन्त्री अताउल्लाह का अनुसार, यो नामले सेनाभित्रको एकता, अनुशासन र संकल्प झल्काउँछ, जसले राष्ट्रको सुरक्षा गर्ने दृढ संकल्पको प्रतीकको रूपमा काम गर्छ। यस्तो नामाकरणले पाकिस्तानी सेनाको रणनीतिक र धार्मिक पक्षलाई जोड्ने प्रयास गरिएको बुझिन्छ।


दक्षिण एशियाली क्षेत्र अस्थिरतातर्फ?

यसअघि भारतले काश्मीरमा भएको घातक आक्रमणको दोष पाकिस्तानलाई दिँदै बुधबार बिहान मिसाइल प्रहार गरेको थियो। इस्लामाबादले आफू संलग्न नरहेको स्पष्ट पारीसकेको भए पनि स्थिति झन जटिल बन्दै गएको छ।


हाल सीमाका दुवै पक्षबाट सैन्य गतिविधि तीव्र हुँदै गएको देखिन्छ, जसले दक्षिण एशियाली शान्ति र स्थायित्व माथि गम्भीर प्रश्न उठाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom