Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा एक वृद्ध मृत अवस्थामा फेला, थप अनुसन्धान जारी - Brighter Network

फाइल तस्विर 


स्याङ्जा, वैशाख १७ – स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बाणिज्य बैंक चोक नजिकै एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।


मृत भेटिनेमा सोही स्थानका करिब ७० वर्षीय छबिलाल घर्ति क्षेत्री रहेका छन्। उनले विहान करिब ७:१५ बजे आफ्नो घरबाट अन्दाजी ६०० मिटर पूर्वतर्फ निस्किएका थिए। त्यही क्रममा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।


प्रहरीका अनुसार मृतकले प्रायः मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो र हाल घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom