Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

निर्माण आयोजनाको कार्यालयका इन्जिनियर ५ लाख ७० हजार घुससहित पक्राउ - Brighter Network


काठमाडौं, जेठ १ गते – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना इन्जिनियरलाई सेवाग्राहीबाट झण्डै ६ लाख रुपियाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ। आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई नियन्त्रणमा लिएको हो।


आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ५ लाख ७० हजार रुपियाँ घुस माग गरिरहेको भन्ने सूचना र उजुरी निवेदनका आधारमा उनलाई भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीबाट बिहीबार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।


यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom