शनिबार दिउँसो १२:४५ बजे काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोस्टमा प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख ३३६२ नम्बरको यात्रुबस चेकजाँच गर्दा सो पदार्थ फेला परेको हो।
प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले भारत, दार्जिलिङ नक्सालबादी घर भइ हाल ऐ.ऐ. बस्ने ३८ वर्षीय कृष्ण रोय र २१ वर्षीय सायोन दासलाई बसबाट नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक अनुसन्धानबाट उक्त लागुऔषध नुवाकोट जिल्ला, लिखु गाउँपालिका–६ का ३४ वर्षीय राजु लामाले ल्याउन लगाएको खुलेपछि उनलाई समेत काठमाडौंको बालाजु बसपार्कबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
तीनै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
थप अनुसन्धानपछि उनीहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।




