Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसइई नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४८ हजारले पाए उच्च जीपीए




असार १३, काठमाडौं ।
शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार, यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले नियमित विधाअन्तर्गत परीक्षा दिएका विद्यार्थीमध्ये ६१.८१ प्रतिशतले ग्रेड प्राप्त गरेको जानकारी दिनुभयो।
उत्तीर्णमध्ये ४८ हजार १ सय ७७ विद्यार्थीले ३.६० देखि ४.० जीपीए ल्याउन सफल भएका छन्, जुन उत्कृष्ट श्रेणीमा पर्छ।

नतिजा यसरी हेर्न सकिन्छ:

एसइईको नतिजा निम्न माध्यमबाट सजिलै हेर्न सकिन्छः
🔹 वेबसाइटमार्फत:

🔹 एसएमएसमार्फत:
NTC सिमबाट मोबाइलको म्यासेजमा गएर SEEसिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउन सकिन्छ।

🔹 फोन कलमार्फत:
१६०० मा डायल गरेर आवश्यक निर्देशनअनुसार सिम्बोल नम्बर प्रविष्ट गरी नतिजा सुन्न सकिन्छ।



Top Post Ad

post bottom ads

Ads Bottom